Incident Reports

बाजुरामा बलात्कार प्रयास गर्ने एक पक्राउ

2019-02-21

Sudurpashchim, Bajura, Tribeni, Ward 8

बलात्कारको आरोपमा त्रिवेणी नगरपालिका–८ कालापनीका ५८ वर्षीय राम गिरीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार ४५ वर्षीय शारीरिक तथा मानसिक अवस्था कमजोर भएकी नसक्ने महिलालाई बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । बिहीबार पीडित महिला जङ्गलमा दाउरा, घाँस गर्न गएको समयमा अभियुक्त गिरीले मदिरा सेवन गरी बलात्कार गर्न खोजेको बताइएको छ । महिलाका आफन्तले दिएको उजुरीको आधारमा गिरीलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरिएको प्रहरी नायव निरीक्षक लोकेन्द्रसिंह गुरुङले जानकारी दिए । पक्राउ परेका गिरीलाई हिरासतमा राखिएको छ । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
National/Online Media , INSEC , Local Newspaper - Kailali

0 Comments