Incident Reports

सुर्खेतमा किशोरी मृत फेला, बलात्कारपछि हत्या भएको आशंका

2019-02-22

Karnali, Surkhet, Simta, Ward 4

सुर्खेतमा शुक्रबार एउटी किशोरी मृत अवस्थामा फेला परेकी छिन् ।

mta गाउँपालिका ४ नाडगाउँकी १६ वर्षीया  रेखा खड्का मृत भेटिएकी हुन् । उनको बलात्कारपछि हत्या भएको हुनसक्ने आशंका गरिएको छ । 

उनी यही फागुन ९ गते बेपत्ता भएकी थिइन् भने उनको शव शुक्रबार  फेला परेको थियो ।   शव घरदेखि ४ सय मिटर पर भेटिएको प्रहरीले जानकारी दिएको छ । 

शव रुखको तल र किशोरीको सल रुखमा अड्किएको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय छिन्चुका इन्चार्ज निरोज चौलागाईंले जानकारी दिनुभयो । ‘घटनाको प्रकृति हेर्दा शंकास्पद रहेको छ । झुन्ड्याएर भुईँमा फालेको अवस्थामा हामीले भेटेका थियाैँ', उहाँले भन्नुभयो, ‘पोष्टमार्टमको रिर्पोट आएपछि मात्र के रहेछ भनेर थाहा हुन्छ ।’

आफन्तहरुले भने बलात्कारपछि हत्या भएको भनेर जाहेरी दिएको इन्चार्ज चौलागाईँले बताउनुभयो । यस घटनामा प्रहरीले उनका प्रेमी बिमल चन्दसहित तीन जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।  

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments