Incident Reports

अख्तियार अगाडि विवेकशीलको प्रदर्शन, नेताहरुको सम्पत्ति छानविन गर्न माग

2019-02-26

Bagmati, Kathmandu, Kathmandu

विवेकशील साझा पार्टीले भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेको छ। अख्तिया दूरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगाल नजिकै पार्टीले प्रदर्शन गरेको हो।

यस अघि उसले भ्रष्टाचारका  ‘ठूला माछा’ सामात्न दवाव दिँदै प्रदर्शन गरेको थियो। भ्रष्टाचार विरोधि प्लेकार्ड बोकेका विवेकशीलका कार्यकर्ताले भ्रष्टाचारीको सबैले पोल खोल्नु पर्ने बताएका थिए। उनीहरुले नेताहरुको सम्पत्ति छानविन गर्न समेत माग गरेका छन्। माफियातन्त्र झांगिएको भन्दै प्रदर्शनमा चिन्ता व्यक्त गरिएको थियो।

विवेकशीलले समाजिक वेथितिका विरुद्धमा निरन्तर खवरदारी गर्दै आएको छ। अख्तियारका एक आयुक्त राजनारायण पाठकले मोटो रकम घुस लिएको सार्वजनिक भएपछि उनले अख्तियार अगाडि प्रदर्शन गर्दै आएको छ। पाठकले राजीनामा दिइसकेका छन्।





Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to corruption (other than tenders)
Actor 1 - Number of people N
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments