Incident Reports

प्रहरी र विद्यार्थी बिच झडप हुँदा तीन जना विद्यार्थी घाइते

2019-02-26

Gandaki, Kaski, Pokhara Lekhnath, Ward 9

पोखरा महानगरपालिका–९ पृथ्वीचोक स्थित गण्डकी मेडिकल कलेजमा प्रहरीले बल प्रयोग गर्दा तीन जना विद्यार्थी घाइते भएका छन् ।

जिल्ला प्रशासन कास्कीको आदेशमा विगत २ सातादेखि मेडिकल कलेजमा लगाइएको ताला खोल्ने क्रममा प्रहरीले बल गर्दा कैलालीका २३ वर्षीय प्रमेदेव जोशी, तनहुँका १९ वर्षीय अपिल भण्डारी र तनहुँकी २२ वर्षीया रविना मिश्र रहेका छन् ।

मिश्र बेहोस भएर लडेपछि गण्डकी मेडिकल कलेजमै आकस्मिक कक्षमा उपचार गरिएको थियो । उनको अवस्था सामान्य भएको छ । साथै अन्य घाइतेहरूको पाखुरा र छातिमा सामान्य चोट लागेको छ ।

‘यति धेरै सङ्ख्यामा पुरूष प्रहरी परिचालन गरेर हामी माथि बल प्रयोग गरियो । संवेदनशील अङ्गमा छुने र चिमोट्ने जस्ता काम गरे ।’–पीडित रविना मिश्रले आरोप लगाइन् ।

वडा प्रहरी कार्यलय बैदामका डिएसपी कुमोद साहले भने विधार्थीहरूले भनेजस्तो बल प्रयोग नगरिएको सामान्य धकेलाधकेल मात्रै भएको बताए ।

‘कोही केही भएको छैन । भिडमा धकेलाधकेल हुँदा केही विद्यार्थीहरू बिचमा परेका मात्रै हुन् । त्यस्तो घाइते नै भनेर कोही भएका छैनन् ।’–उनले भने ।

ओपिडी, रिसेप्सन, काउन्टर कक्षको ताला खुलाएको भए पनि विद्यार्थी सोही स्थानमा भुइँमा बसेर रिले अनसन जारी राखेका छन् । अस्पताललाई जनपथ प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिइरहेको छ ।


सुशन घिमिरे


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons None
Primary Cause Other governance issues
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 10
Actor 2 - Affiliation Students
Actor 2 - Youth youth
Total Injured 3
Female Injured 1
Youth Injured 3
INSEC

0 Comments