Incident Reports

१० वर्षीया छात्रा बलात्कारको आरोपमा शिक्षक पक्राउ

2019-02-26

Province 1, Udayapur, Katari, Ward 8

आफ्नै विद्यार्थीलाई बलात्कार गरेको आरोपमा  शिक्षक पक्राउ परेका छन्। उदयपुरको कटारी नगरपालिका- ८ का एक शिक्षकलाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको छ।  पढाउने बहानामा बालिकाको घरमा गएका शिक्षकलाई जबरजस्तीकरण गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ।

१० वर्षीया बालिकालाई जवरजस्तीकरणी गरेको आरोपमा जनप्रिय आधारभूत सिरिसेमा अस्थायी शिक्षक २८ वर्षीय विनोद लोहनी पक्राउ परेका हुन्। चितवनको कठार नगरपालिका-४ घर भई कटारी नगरपालिका- ८ स्थित जनप्रिय आधारभूत विद्यालयमा कार्यरत लोहनीलाई गस्तीमा रहेको अस्थायी प्रहरी चेकप्वाईन्ट वेतेनीको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले बताए। 

आरोपितविरुद्ध परिवारले बुधबार इलाका प्रहरी कार्यालय कटारीमा जाहेरी दिएका छन्। पक्राउ परेका आरोपितलाई प्रहरी हिरासतामा राखी अनुसन्धान भइरहेको एसपी राईले जानकारी दिए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people N
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , Local Newspaper - Mahottari

0 Comments