Incident Reports

दाइजो माग्दै घरेलु हिंसा गरेको आरोपमा उजुरी दर्ता

2019-02-28

Madhes, Saptari, Hanumannagar Kankalini

कङ्कालिनी नपा–१४ रम्पुरा मल्हनियाकी २१ वर्षीया रोजीतन खातुनलाई २५ वर्षीय पति हनिफा मियाँ, ५२ वर्षीय ससुरा सहमद मियाँ, ५२ वर्षीया सासू बतुलन खातुन र २२ वर्षीय देवर इसाद मियाँले थप दाइजो मागी घरनिकाला गरेको भन्दै पीडितले जिल्ला अदालत सप्तरीमा फागुन १४ गते घरेलु हिंसाको उजुरी दर्ता गराएकी छिन् ।

मुस्लिम धर्मअनुसार ०७२ वैशाख २५ गते मागी विवाह हुँदा दाइजोस्वरुप ५ लाख रुपियाँ नगदसहित गरगहना र फर्निचरहरू दिए पनि चार चक्के गाडीका लागि १३ लाख रुपियाँ थप दाइजो माग गरी आरोपितहरूले गत पुस २५ गते घर निकाला गरेको पीडितले बताइन् ।

घरबाट निकालिएकी पीडित सुनसरीको कोशी गाउँपालिका–८ स्थित माइतीघरमा बस्दै आएकी छन् । विवाह दर्ता र नागरिकता समेत नबनाई दिएका आरोपित पतिले अप्राकृतिक मैथुन गरी चरम यातना दिने गरेको समेत पीडितले आरोप लगाइन् ।


मनोहरकुमार पोखरेल


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Secondary Form Banishment/shunning
Weapons None
Primary Cause Related to disputes over dowry
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
INSEC

0 Comments