Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2019-02-28

Lumbini, Rupandehi, Tillotama

१९ वर्षीय छोरीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ३७ वर्षीय बाबुलाई फागुन १७ गते तिलोत्तमाबाटै गिरफ्तार गरेको छ ।

आरोपितले आफ्नै छोरीलाई फागुन १६ गते बलात्कार प्रयास गरेको भनी पीडित छोरीले फागुन १७ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएकी थिइन् ।

पीडितले दिएको उजुरीका आधारमा प्रहरीले कारबाही अगाडि बढाएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी डिलबहादुर मल्लले बताए ।

पीडितको स्वास्थ्य परीक्षण फागुन १७ गते नै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको प्रहरीले जनायो ।

रीमा बिसी


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments