Incident Reports

गाउँपालिका अध्यक्षले कुटपिट गरेको भन्दै न्यायको लागि पहल गरीदिन आग्रह

2019-02-28

Madhes, Siraha, Laxmipur Patari, Ward 2

लक्ष्मीपुर पतारी गाउँपालिका–२ का ३४ वर्षीय विष्णुदेव यादवलाई लक्ष्मीपुर पतारी गाउँपालिकाका अध्यक्ष रामवल्लभ साहले कुटपिट गरेको भन्दै पीडितले न्यायका लागि पहल गरिदिन अधिकारकर्मीहरूलाई फागुन १९ गते आग्रह गरेका छन् ।

पीडितका अनुसार पसलमा चोरी भएको विषयमा न्याय माग्न जाँदा अध्यक्ष साहले र सहयोगीमार्फत फागुन १६ गते कुटपिट गरेका हुन् ।

कुटपिटबाट घाइते भएका यादवको उपचार लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहानमा गरिएको छ ।

फागुन ८ गते पसलमा चोरी भएपछि न्यायको लागि न्यायिक समितिमा फागुन १० गते छलफल भइरहेको बेला अध्यक्षले छलफलको दिन फागुन १६ गते राख्नु भनेपछि आपूm छलफलको लागि १६ गते जाँदा आज छलफल हुँदैन भनेपछि सो विषयमा विवाद हुँदा अध्यक्षलगायत उनका सहयोगीहरूले कुटपिट गरेको पीडित यादवले बताए ।

गाउँपालिका अध्यक्ष रामवल्लभ साहले भने–“आज बिदाको दिन छलफल नहुने भनेपछि विष्णुले हल्ला गर्दा बाहिर पठाउन लगाएको मात्रै हो कुटपिट गरेको छैन ।”

इलाका प्रहरी कार्यालय महेशपुर पतारीका इन्स्पेक्टर कृष्ण श्रेष्ठका अनुसार पीडितले घाउजाँचको लागि फागुन १७ गते निवेदन दिएको हुँदा  परीक्षणको लागि स्वास्थ्य कार्यालयलाई पत्र लेखेको बताए ।


दुर्गा परियार


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other governance issues
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC

0 Comments