Incident Reports

सुस्त मनस्थिति भएकी युवतीलाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

2019-03-05

Bagmati, Makawanpur, Hetauda, Ward 11

जबरजस्ती करणी गरेको आरोपमा मकवानपुर प्रहरीले २ जनालाई पक्राउ गरेको छ । बारा करैयामाई गाउँपालिका-३ का २३ वर्षीय जितेन्द्र मुखिया विन र हेटौंडा-११ सिमलटारका २१ वर्षीय बुद्धलाल मोक्तान पक्राउ परेका हुन् ।

विनले १६ वर्षीया किशोरीलाई हेटौंडा उपमहानगरपालिका-५ स्थित साथीको डेरामा लगेर जबरजस्ती करणी गरेकोे प्रहरीले जनाएको छ ।

यस्तै, अर्का आरोपी मोक्तानलाई सुस्त मनस्थितिकी २० वर्षीया महिलालाई आफ्नै घरमा लगी करणी गरेको आरोपमा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।

पक्राउ परेका दुबैलाई मुलुकी फौजदारी अपराध संहिता ऐन, २०७४ को परिच्छेद १८ बमोजिम करणी सम्बन्धी कसुर दाबी गर्दै प्रहरीले जिल्ला अदालत मकवानपुरमा मुद्दा दायर गरेको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , Local Newspaper - Bara , Local Newspaper - Chitwan

0 Comments