Incident Reports

घरेलु हिंसा पीडित महिलाद्वारा प्रहरीमा उजुरी

2019-03-08

Karnali, Dolpa, Tripurasundari, Ward 4

पतिले कुटपिट गरी घाइते भएको भन्दै त्रिपुरासुन्दरी नपा–४ सुँउकी ४७ वर्षीया पाँचा डाँगीले ५६ वर्षीय शिवधन डाँगीकाविरूद्ध फागुन २४ गते त्रिपुराकोट, प्रहरी चौकीमा उजुरी दिएकी छन् ।

बिहानै मदिरा सेवन गरेका डाँगीले ‘परपुरूषसँग सम्बन्ध राखेको’ आरोप लगाउँदै फागुन २४ गते चिरपट दाउराले कुटपिट गरेको पीडितको भनाई छ ।

पतिको कुटपिटबाट पाँचा डाँगीको दायाँ आँखाको माथिल्लो भागमा गहिरो चोट लागेकी पीडितको उपचार त्रिपुरासुन्दरी मेडिकलमा भइरहेको प्रहरीले जनाएको छ ।

त्रिपुराकोट, प्रहरी चौकीका सई टेकबहादुर देउवाले पीडितले दिएको निवेदनको आधारमा आरोपिताई गिरफ्तार गरी कानुन अनुसार कारवाही गरिने जानकारी दिए ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC

0 Comments