Incident Reports

श्रीमानको कुटाइबाट श्रीमती अस्पतालको बेडमा, कारण घरायसी विवाद

2019-03-10

Province 1, Okhaldhunga, Manebhanjyang, Ward 1

ओखलढुंगामा श्रीमानको कुटाइबाट श्रीमती सख्त घाइते भएकी छिन् । मानेभज्याङ गाउँपालिका–१ मोलीका २७ वर्षीय भविमान सिंह रुम्दालीको कुटाइबाट उनका श्रीमती २९ वर्षीया निर्मला राई  सख्त घाइते भएकी हुन् । आइतबार बेलुका मादकपदार्थ सेवन गरी आएका रुम्दालीले सामान्य घरायसी विवाद हुँदा श्रीमतीलाई मराणासन्न हुनेगरी कुटपिट गरेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले बताए ।श्रीमानको कुटाइबाट निर्मलाको हात, अनुहार, ढाड तथा खुट्टामा गहिरो चोट लागेको छ । उनको हाल ओखलढुंगा सामुदायिक अस्पतालमा उपचार भैरहेकाले उनको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक श्रेष्ठको भनाई छ । घटनापछि रुम्दालीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेलगत्तै पुनः मंगलबार (आज) रुम्दालीविरुद्ध जिल्ला प्रहरी कार्यलय ओखलढुंगामा महिला हिंसाविरुद्धको उजुरी पनि दर्ता भएको छ । अहिले पीडक रुम्दालीलाई नियन्त्रणमा लिई अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । निर्मलाका ७ वर्ष र ३ बर्षका छोरीहरु छन् । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
National/Online Media , Local Newspaper - Jhapa

0 Comments