Incident Reports

भरुवा बन्दुक सहित पक्राउ

2019-03-14

Karnali, Surkhet, Bheriganga, Ward 6

भेरीगंगा नगरपालिका-६ झिङनि बस्ने २३ वर्षीय गोबिन्द सुनारलाई १ थान भरुवा बन्दुक र ५० ग्राम बारुद सहित बुधबार दिउसो प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित अबैध हतियार छ भन्ने विशेष सूचनाको आधारमा अस्थाई प्रहरी पोष्ट जहरे र ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले उक्त हतियार निज गोबिन्दको घरमा फेला पारी उनलाई पक्राउ गरेको हो ।

 यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments