Incident Reports

करणीको अभियोगमा उपेन्द्र पक्राउ

2018-12-05

Province 1, Jhapa, Gauriganj

गौरीगञ्ज, मंसिर २१ । १८ वर्षीया एक अशक्त युवतीलाई जबरजस्तीकरणी गरेको अभियोगमा झापाको  गौरीगञ्जमा एकजना युवा पक्राउ परेका छन् । दुई दिनअघि मादकपदार्थ सेवन गराएर घरमै लगेर जबरजस्ती करणी गरेको अभियोगमा गौरीगञ्ज गाउँपालिका वडा नम्बर २ बस्ने २० वर्षीय उपेन्द्रकुमार मिश्रा पक्राउ परेको इलाका प्रहरी कार्यालय गोरीगञ्जले जनाएको छ । दमक नगरपालिका वडा नम्बर ७ की आमाबाबुविहीन कुमाल थरकी ती युवती सहजै हिँड्डुल गर्न सक्दिनन् ।

मिश्राविरूद्ध जिल्ला अदालत झापामा जबरजस्ती करणीसम्बन्धी मुद्दा दर्ता गरिएको गौरीगञ्जका प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले बताए । प्रहरीले मिश्रालाई म्याद थप गरी घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Group of civilians (only Target)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Local Newspaper - Jhapa

0 Comments