2019-03-18
गाई काटेको आरोपमा चितवनमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२१ जगतपुर, कृष्णचोक निवासी रणबहादुर सार्की र विक्रम सार्की रहेका छन् । उनीहरुले पाल्ने भनेर छिमेकीसँग शनिबार किनेको गाई काटेको अभियोग लागेकाे छ ।
उनीहरुलाई हाल जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा राखिएको छ । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक दीपेन्द्र शाहले जानकारी दिए । धर्म निरपेक्ष मुलुक भए पनि नेपालमा गाई काट्नु र मासुको बेचबिखन गर्नु अवैध मानिँदै आएकाे छ ।
शाहका अनुसार मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद २७ को २८९ दफामा गाई र गोरु काट्न मार्न नपाइने उल्लेख छ । यसको बर्खिलाप गर्नेलाई तीन वर्षसम्म कैद हुने व्यवस्था रहेको छ । गाई नेपालकाे राष्ट्रिय जनावर हो । रासस
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD