Incident Reports

दलित महिलामाथि मापसेरारि निर्घात कुटपीट

2019-01-27

धरान । संखुवासभाको खाँदबारी स्थित पिप्लेका एक दलित महिलामाथि त्यहाँको स्थानीय पिप्ले माविमा लेखापालको रुपमा कार्यरत नवीन कार्कीले मादक पदार्थ सेवन गरि निर्घात कुटपीट गरेको खुलासा भएको छ।

घट्ना आइतबार राती ८ वजेको हो ।कार्कीको कुटपीटबाट सिकिस्त भएकी २५ वर्षिया जुना विकको मंगलबारदेखि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको छ । आइतबार बेलुकी ८ वजेको समयमा घरमा कोही नभएको मौका पारी मापसे सेवन गरेरनसा शुरुमा एक्कासी मलाई कुटपीट गयो, प्रतिष्ठानमा उपचाररत पीडित महिलाले मंगलबार संचारकर्मीसँग भनिन् ।श्रीमान कुविरजंग विक पनि कामबाट फर्किका थिएनन्, कोही नभएको मौका पारेर घर भित्रबाट बाहिर निकालेर तथानाम गाली गर्दै लाती - लातीले हिर्काएपछि म वेहोस भएछु 'विकले भनिन् । उनको कुटाइबाट सख्त घाइते भएकी विकलाई तत्कालै जिल्ला अस्पताल खाँदवारी उपचारको लागि लगिएपनि उपचार संभव नभएपछि वीपी प्रतिष्ठानमा ल्याएको उनको श्रीमान् कुविरजंग विकले वताए ।पीडित महिला पीडक कार्कीको घरमा नै वस्दै आएका छन्। उनीहरुले कार्कीसँग जग्गा किन्न तयारीका लागि विक परिवारले १ लाख ५ हजार रुपैयाँ वैना समेत वुझाएको वताए । जम्मा १ लाख ८० हजारमा जग्गा खरिद गर्ने मौखिक सहमति मुताविक लेना देना भएको थियो । साही जग्गाको विषयमा उनीहरु - वीच खटपट भने हुँदै आएको श्रीमान कुविरजंगले सन्चारकर्मीलाई वताए । यस अघि पनि सोही विषयलाई लिएर कार्कीले मनपरी गाली गलौज र धाक धम्की दिदै आएको पीडित महिलाले वताइन् ।महिलाले भनिन्, 'हपेर गाली गलौज र धम्की दिदै आएको थियो,जग्गा किन्नका लागि वैना पनि दिएका थियौं, उस्ले हामीलाई जग्गा नदिने वहानाका लागि यसो गरेको हो ।'प्रतिष्ठान उपचाररत विकको स्वास्थ्य अवस्थामा सुधारउन्मुख रहेको चिकित्सकले वताएका छन् । धरानमा रहेको उनको वुवा रत्न विकले | आफ्नो छोरीलाई ज्यान मार्ने उद्धेश्यले | कुटपीट गरेको भन्दै कडा कार्वाहीको माग गरेका छन् ।पीडक आफन्त र प्रहरी स्वयम्ले मिल्नको लागि दवाव दिइरहेको पनि पीडित परिवारले वताएका छन् । मापसे गरि कुटपीट गर्ने कार्कीलाई खाँदबारी प्रहरीले सोमबार विहान पक्राउ गरेको छ ।कुटपीट गरेपछि उनी फरार थिए ।पीडितका आफन्तले मौखिक रुपमा दिएको उजुरीको आधारमा कार्कीलाई पक्राउ गरेको हो ।सखुवासभा खाँदबारीका डिएसपी श्याम सारु मगरका अनुसार कुटपीट गर्ने आरोपितलाई सोमबार विहान पक्राउ गरेर अनुसन्धान गरिरहेको वताए । उनले भने 'मौखिक उजुरीको आधारमा पक्राउ गरका छौं, तर थप कार्वाही गर्नको लागि लिखित उजुरी पीडित पक्षबाट आएको छैन ।'

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
Local Newspaper - Sunsari

0 Comments