Incident Reports

जानकी सरोवर किनारमा नवजात शिशु फेला; छोरी भएकै कारण फालेको आशंका

2018-12-04

Madhes, Dhanusha, Janakpur, Ward 7

जनकपुरधाम, मंसिर १८ गते । ।जनकपुरमा पोखरी किनारको झाडीमा फालिएको अवस्थामा नवजात शिशु फेला परेको छ । जनकपुर उपमहानगरपालिका ७ स्थित  जानकी सरोवरको उत्तर किनारमा झाडीमा फालिएको छोरी नवजात शिशु मंगलबार दिउँसो फेला परेको हो ।स्थानीयले झाडीमा फालिएको अवस्थामा शिशु देखेपछि वडा नं. ७ का वडाध्यक्ष जानकीराम साहलाई खबर गरेका थिए । त्यसपछि वडाध्यक्ष साहले प्रहरीको सहायतामा शिशुको उद्धार गरी जनकपुर अञ्चल अस्पतालमा उपचारको लागि भन गराउनु भएको छ । शिशुको मुखभरी किरा परेको र अहिले उपचार पछि शिशुको अवस्था समान्य रहेको जनकपुर स्थित कविर अनाथ बाल आश्रमका सञ्चालक सत्यनारायण आलोकले बताउनुभयो। स्थानीयले जन्मिने वितिकै कसैले छोरी भएकै कारण शिशुलाई झाडीमा फालेको हुन सक्ने आशंका गरेका छन् । तर शिशु फाल्नेको भने पहिचान भएको छैन । शिशु ४।५ दिन अघि जन्मेको र केहि समय पश्चात फालेको | हुन सक्ने प्रहरीले जनाएको छ । प्रहर  का अनुसार शिशु फाल्नेको खोजी कार्य भइरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Infanticide
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Election-related cause primary
Local Newspaper - Rautahat

0 Comments