Incident Reports

अर्घाखाँचीमा अवैध हतियार बरामद

2019-03-24

Lumbini, Arghakhanchi, Malarani, Ward 3

अर्घाखाँचीमा प्रहरीले अवैध हतियार बरामद गरेको छ । शुक्रबार अर्घाखाँची जिल्लाको मालारानी गाउँपालीका – ३ निवासी कमल चौहानको खाली घरबाट १ थान हतियार बरामद गरेको हो ।त्यस्तै चौहानकै घर नजिकै रहेको पहरामा लुकाई राखेको अवस्थामा ३ थान हतियार बरामद गरेको प्रहरी नायव उपरिक्षक नवराज मल्लले जानकारी दिए । म्याग्नम नाम गरेका हतियार २ र २ वटा भरुवा बन्दुक रहेको जनाइएको छ ।युद्धकालका हतियार हुन सक्ने अनुमान प्रहरीले गरेको भएपनि अनुसन्धान भने भइरहेको जनाइएको छ । केहिदिन अगाडि सोही स्थानमा २ सकेट बम समेत फेला परेको थियो ।

0 Comments