Incident Reports

रेसुङ्गा क्याम्पसका प्रमुखको कार्यकक्षमा तालाबन्दी

2018-12-04

Lumbini, Gulmi, Resunga

रेसुङ्गा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुखको कार्यकक्षमा अनिश्चतकालीन तालाबन्दी गरिएको छ । अनेरास्ववियु रेसुङ्गा बहुमुखी क्याम्पस कमिटीले क्याम्पस प्रमुख हरीबहादुर खत्रीको कार्यकक्षमा तालाबन्दी गरेको हो । क्याम्पसमा प्रशासनको तर्फबाट भइरहेका गलत क्रियाकलापहरूको बारेमा पटक-पटक ध्यानाकर्षण गराउँदासमेत वेवास्था गरेकाले तालाबन्दी गरिएको क्याम्पस कमिटीका अध्यक्ष हुमाकान्त पोखरेलले बताउनुभयो । सोही विषयमा अनेरास्ववियुले मंगलबार क्यामपस प्रशासन र सञ्चालक समितिलाई ध्यानाकर्षण पत्र बुझाएको थियो । अनेरास्ववियुले अपादरशी ढङ्गले गरिएका आंशिक प्रध्यापक नियुक्ति खारेजी, आर्थिक अनियमितता र प्रध्यापकहरूको गैरहाजिरीलगायतका विषयलाई छानविन गर्नुपर्ने माग राखेर आन्दोलन गरिरहेको अध्यक्ष पोखरेलले बताउनुभयो । कमिटीको ध्यानाकर्षण पत्रमाथि बुधबार सञ्चालक समिति र क्याम्पस प्रशासनबीच वार्ता भएको थियो तर उक्त वार्तामा क्याम्पस प्रमुख हरीबहादुर खत्री गैर जिम्वेवार ढङ्गले प्रस्तुत भएको भन्दै ताला लगाइएको संगठनले जनाएको छ । क्याम्पस प्रमुख जस्तो गरिमामय पदमा पदासिन पदाधिकारीको निरीह एवं गैरजिम्मेवार अभिव्यक्ति दिनुभयो, अनेरास्ववियुका नेता बिमल छन्तेलले भन्नुभयो,यसले क्याम्पसको शैक्षिक गुणस्तर, आर्थिक अपारदर्शिता, चुस्त व्यवस्थापनलगायतका विषयमा क्षति पुग्छ ।'

उहाँले कमिटीका सबै मागको संवोधन गर्ने निशचित नभएसम्म ताला नखोल्ने बरू अरू आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने नेता छन्तेलले बताउनुभयो ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 10
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Local Newspaper - Rupandehi

0 Comments