Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2019-03-20

Bagmati, Lalitpur, Mahalaxmi, Ward 8

आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा भारत बिहार घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका–८ लुभू बस्ने २६ वर्षीय रञ्जन मण्डललाई प्रहरीले चैत १० गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले चैत ६ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले आरोपित विरूद्ध चैत १० गते महानगरीय प्रहरी वृत्त सातदोबाटोमा उजुरी दिएको प्रहरीले जनायो ।

उक्त उजुरीको आधारमा प्रहरीले आरोपितलाई सोही दिन गिरफ्तार गरी अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेकोे महानगरीय प्रहरी वृत्तका डिएसपी गौमत मिश्रले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत १० गते पाटन अस्पतालमा गरिएको प्रहरीले जनायो ।


दीपकप्रसाद घिमिरे

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments