Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2019-03-17

Madhes, Saptari, Surunga, Ward 11

१८ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सुरुङ्गा नपा–११ का २० वर्षीय सुरज चौधरी, सोही ठाउँका १९ वर्षीय सुरेश चौधरी र १९ वर्षीय निरजकुमार चौधरीलाई चैत १२ गते गिरफ्तार गरेको छ ।

रुपनीबाट लिफ्ट लिएर लहानका लागि सुरजसँग मोटरसाइकलमा चैत ३ गते हिँडेकी पीडितलाई बीच बाटोमा पर्ने शम्भुनाथस्थित बगैँचामा सुरजले फोन गरी बोलाएका सुरेश र निरजसमेत मिलेर बलात्कारको प्रयास गरेको पीडितले आरोप लगाएकी छन् ।

पीडितका अनुसार आरोपितहरूले बलात्कार प्रयास गरेपछि पिसाब लागेको बहाना बनाई भागेर नजिकैको बस्तीमा शरण लिएको र भोलिपल्ट बुवालाई बोलाएर घर फर्किएकी हुन् ।

पीडितले इलाका प्रहरी कार्यालयमा चैत ६ गते उजुरी दिएपछि सोही दिन राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पीडितको स्वास्थ्य परीक्षण गरिएको छ ।


मनोहरकुमार पोखरेल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC , Local Newspaper - Rautahat

0 Comments