Incident Reports

बिदा कटौतीको विरोधमा धर्ना

2018-12-27

 तमु ल्होसारको बिदा कटौतीको विरोधमा सुनसरीका गुरुङ समुदायले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् । तम् ह्युल छोज धी गुरूङ राष्ट्रिय परिषद्को केन्द्रीय तालिका अनुसार सुनसरीमा समेत धर्ना दिइएको हो । जिल्ला अध्यक्ष बकसमान गुरूङको अगुवाईमा इनरूवा पुगेको टोली प्रशासन हाताभित्र एक घण्टा धर्नामा बसेको थियो ।

जातीय पहिरनमा धर्नामा सहभागी गुरूङ अगवा सहितको टोलीले तमु लोसारको बिदा कायम गरिनुपर्ने माग राखेका थिए । यसअघि दिइदै आइएको बिदा कटौती गर्नुलाई जातीय विभेद भएको बताएका धनाकारीहरूले निर्णय अविलम्ब सच्याइनुपर्ने बताएका छन् । । सुनसरीमा करिव ८ हजारको संख्यामा गुरूङ जातिको बसोवास रहेको छ । यस पटकको तमु ल्होसार पुस १५ गते परेको छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Ethnic or caste-based collective tensions
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Gurung Organizations
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Morang

0 Comments