Incident Reports

जग्गा अतिक्रमण गर्न खोज्दा सुकुम्बासी र प्रहरीबीच झडप : ११ पक्राउ

2019-03-27

Madhes, Saptari, Kanchanrup

सप्तरीको कोशी टप्पु वन्यजन्तु आरक्षभित्रको खाली जग्गा अतिक्रमण गर्न बालबच्चासहित आएका सयौं सुकुम्बासीलाई प्रहरीले १६ राउण्ड अश्रु ग्यास प्रहार गरी लखेटेको छ।

प्रहरीमाथि समेत ढुंगामुढा गर्न थालेपछि प्रहरीले मंगोलियन नेसनल अर्गनाइजेसन समूहका केन्द्रीय सदस्य तथा एक नम्बर प्रदेशका इन्चार्ज शक्ति चाम्लिङ्ग राई (डा. गोपाल गुरुङ) सहित ११ जनालाई पक्राउ गरेको सशस्त्र प्रहरी उपरीक्षक खेम थापाले जानकारी दिए।

राईसँगै उदयपुर चौदण्डीगढी ८ का मिस्टर राई, दुर्गा मगर, बिक्रम राई, निरकुमार राई, सन्तोष राई, मिलन राई, बासुदेव राई, खोटाङ खोटेहाङ ८ का नरेन्द्र राई, सप्तरी सप्तकोसी १ का मनबहादुर गुरुङ, चितवन राप्ती १२ का कृष्ण प्रजा पक्राउ परेको सप्तरी प्रहरीले जनाएको छ।

ढुङ्गा प्रहारले दुईजना सशस्त्र प्रहरी सामान्य घाइते भएका छन्। सरकारले जग्गा बाँडिरहेको भ्रम फिजाउँदै बुधबार प्रदेश १ का इन्चार्ज राईको अगुवाईमा कञ्चनरुप नगरपालिका १ वैरवा नजिक आरक्ष क्षेत्रमा बस्ती बसाउन सुकुम्वासीलाई बोलाइएको पाइएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए।

घण्टौसम्म जग्गा खाली गर्न सम्झाउँदा पनि नमाने पछि प्रहरीले बल प्रयोग गर्दै लाठी चार्ज र अश्रु ग्यास प्रहार गरी घर बनाउन विभिन्न जिल्लाबाट आएका करिब चार सयजनालाई लखेटेको सप्तरी प्रहरीले जनाएको छ।

उदयपुर, झापा, पाँचथर, धनकुट्टा, भोजपुर, चितवन र गोरखासम्मबाट आएका उनीहरुले नजिकैको मानव वस्तीमा आश्रय लिएका छन्। मंगोलियन अर्गनाइजेसनले नै जग्गा वितरण भइरहेको हल्ला फैलाएर मानिस जम्मा गर्न लगाएको पाइएको छ। वस्ती नै बसाउने योजनाका साथ धेरै संख्यामा एकसाथ आएका उनीहरुलाई प्रहरी खटाएर जग्गा खाली गराइएको प्रजिअ पौडेलले बताए।

घर बनाउन चाहिने सामाग्री, दैनिक उपभोग्य वस्तु, खाना पकाउने ग्याससहित बालबच्चा लिएर आएका उनीहरुको घर बनाएर वस्ती बसाउने योजना रहेको प्रहरीको कथन छ।ठूलो संख्यामा विभिन्न जिल्लाबाट आएका व्यक्तिले जग्गा अतिक्रमण गरी घर बनाउन खोजेको आरक्ष प्रशासनले जानकारी गराएपछि सो क्षेत्रमा खटिएको इन्स्पेक्टरसहितको टोलीले थप सहयोग मागेपछि प्रहरी र सशस्त्र प्रहरीले डीएसपीको नेतृत्वमा टोली खटाएको छ।

तितरवितर भएको समूह नजिकै वस्तीमा आश्रय लिएर बसेको हुनाले उनीहरु पुनः आउन सक्ने सम्भावना रहेको भन्दै सो क्षेत्रमा केही दिन ठूलो संख्यामा प्रहरी परिचालन गरिने बताइएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None
Primary Cause Access/control of public land
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 100
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown
Total Injured 5
National/Online Media

0 Comments