Incident Reports

बलात्कार घटनाका आरोपित विरूद्ध प्रहरीमा उजुरी

2019-03-16

Bagmati, Chitawan, Bharatpur, Ward 16

आठ वर्षीया बालिकालाई बलात्कार गरेको अरोपमा भरतपुर महानगरपालिका–१६ का २६ वर्षीय पूर्णबहादुर विरूद्ध चैत १२ गते जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दर्ता भएको छ ।

आरोपितले पीडित बालिकालाई चैत २ गते भारतमको हरियाणमा बलात्कार गरेको पीडित पक्षको अरोप छ ।

आफूहरू व्यपारको सिलसिलामा भारतको हरियाणामा बस्दै आएको बेलामा आरोपितले पीडित बालिकालाई बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपित विरूद्ध चैत १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको प्रहरीले जनाएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत १२ गते भरतपुर अस्पतालमा गरिएको छ । हाल आरोपित फरार भएकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

दीपेन्द्र अधिकारी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments