Incident Reports

भरुवा बन्दुक सहित पक्राउ

2019-03-27

Sudurpashchim, Doti, Badikedar, Ward 3

बडीकेदार गाउँपालिका-३ धारापानी बस्ने ३३ वर्षीय प्रेमबहादुर बिठारीलाई भरुवा बन्दुक १ थान, २५ वाटको सोलार १ थान र २५ भोल्टको ब्याट्री १ थान सहित मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरीले सोही ठाउँस्थित गाई गोठतर्फ जादै गरेको अवस्थामा उक्त हतियार सहित फेला पारी उनलाई पक्राउ गरको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments