Incident Reports

परीक्षा स्थगित भएपछि विद्यार्थीले गरे तोडफोड

2019-03-29

Madhes, Parsa, Birgunj

 एसईई परीक्षा अन्तर्गत शुक्रबार हुने सामाजिक विषयको परीक्षा प्रदेश २ मा स्थगित भएपछि विद्यार्थीहरू आक्रोशित भएका छन्। सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि परीक्षा नियन्त्रण कार्यालले शुक्रबार हुने परीक्षा स्थगित गरेको थियो। 

सरकारले आफूहरूको भविष्यमा खेलबाड गर्न खोजेको भन्दै विद्यार्थीहरूले प्रदेश २ को जनकपुर, वीरगञ्ज, सप्तरी, धनुषालगायत जिल्लामा प्रदर्शन गरिरहेका छन्। 

परीक्षा स्थगित भएपछि वीरगञ्जका विद्यार्थीहरूले सडकमा उत्रिएर बजार क्षेत्रका सडक बत्ति होडिङ बोर्ड, सडकका रेलिङ तोडफोड गर्दै सडकमा ल्याएर जलाएका छन्। उनीहरूले सडकमा टायरसमेत बालेर प्रदर्शन गरेपछि प्रहरीले दुई राउन्ड अश्रु ग्यास समेत प्रहार गरेको थियो। विद्यार्थीहरूले विहान ७ बजेबाट प्रदर्शन गरिरहेका छन्। 

प्रश्नपत्र परीक्षा नियन्त्रण कार्यालयले नै ल्याउने भएकाले प्रहरी र सरकारी निकायमाथि विद्यार्थीले प्रश्न उठाएका छन्। उनीहरूले प्रश्नपत्र ‘लिक’ गर्ने परीक्षा नियन्त्रण कार्यालय भएकाले किन आफूहरूको प्रश्न रोकियो भन्दै प्रश्न गरिरहेका छन्। 

हेर्नुहोस् थप फोटो

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Violent demonstration
Weapons Blunt weapon
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 15
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Total Injured 12
National/Online Media , Police website , Local Newspaper - Parsa , Local Newspaper - Mahottari

0 Comments