Incident Reports

बारामा विद्यार्थीको आन्दोलनः प्रहरीको गाडीमा आगजनी

2019-03-30

Madhes, Bara, Jitpur Simara, Ward 2

१६ चैत्र, सिमरा । प्रदेश-२ मा एसईई परीक्षा स्थागित गरिएको र प्रश्नपत्र बाहिरिएको विषयलाई लिएर बाराका विभिन्न स्थानमा विद्यार्थीले शनिबार पनि प्रदर्शन गरेका छन् । विद्यार्थीले अब पुनः परिक्षा नदिने भन्दै सडक उत्रिएका हुन् ।

स्थानीय दुई दर्जन बढी निजी तथा सामुदायिक विद्यालयका सैयौंको संख्यामा भेला भएका विद्यार्थीले सिमरामा दुई घण्टा भन्दा बढी सडक अवरुद्ध बनाएका छन् । सरकार र प्रहरी संयन्त्रको बिरोध गर्दै एसईई परिक्षा फेरी नदिने भन्दै बिद्यार्थीहरुले सडकमा चर्को नाराबाजी गरेका छन् ।

‘फेरि परिक्षा दिँदैनौ, हामीलाई न्याय चाहियो’ भन्दै विद्यार्थीहरुले सडक अवरुद्ध गरी वीरगञ्ज पथलैया सडकखण्ड अवरुद्ध गरेका छन् ।

आन्दोलनरत विद्यार्थीले बाराको जीतपुरमा प्रहरी भ्यानमा आगजनी गरेका छन् । जीतपुरमा पनि विद्यार्थीहरुले टायर बालेर सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।

सडक अवरुद्ध गर्दे जीतपुरका विद्यार्थीहरुले मुख्य सडकमै टायर बालेपछि करिब ३ घण्टा त्यहाको स्थिति तनावग्रस्त बनेको छ । विद्यार्थीले जीतपुरस्थित इलाका प्रहरी कार्यालयको ना १ झ ७१२ नम्बरको भ्यानमा आगजनी समेत गरेका हुन् ।

उग्र बनेका बिद्यार्थी र प्रहरीबिच केहिबेर झडपसमेत भयो । प्रहरीलेे बल प्रयोग गरेर विद्यार्थीहरुलाई तिरतबितर बनाउन निकै संघर्ष गर्नुपरेको थियो । अवस्था असामान्य बन्दै गएपछि प्रहरीले बिद्यार्थीको भिड नियन्त्रण गर्न केही राउण्ड अश्रुग्यास समेत प्रहार गरेको स्थानियले बताएका छन् ।

यसैगरी बाराको कोल्हबी नगरपालीकाको कोल्हबी बजारमा पनि बिद्यार्थीहरुले प्रदर्शन गरेका छन् । परिक्षा स्थगित गरेर सरकारले आफूहरुको भावनामाथि खेलवाड गरेको भन्दै विद्यार्थीहरुले सडक अवरुद्ध गर्दे प्रदर्शन गरेका हुन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Secondary Form Violent demonstration
Weapons Blunt weapon
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Total Injured 20
Totally damaged Vehicles 6
Severely damaged Vehicles 2
Police website , Local Newspaper - Dhanusha , Local Newspaper - Parsa

0 Comments