Incident Reports

भरुवा बन्दुक सहित पक्राउ

2019-03-29

Karnali, Surkhet, Birendranagar, Ward 2

बीरेन्द्रनगर नगरपालिका-२ खोलीगाउँ बस्ने मायाँराम पाण्डेलाई भरुवा बन्दुक १ थान सहित बिहीबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।

उनको घरमा हतियार राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले तलासी गर्दा बिस्तरामुनी सलले बेरी लुकाई छिपाई राखेको अवस्थामा उक्त बन्दुक फेला पारी पाण्डेलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments