Incident Reports

इटहरी उपमहानगरपालिकाका कर्मचरीहरुद्वारा धर्ना

2018-12-18

Province 1, Sunsari, Itahari

सरकारले अध्यादेश मार्फत ल्याएको कर्मचारी समायोजन ऐन २०७५ मा स्थानीय तहका कर्मचार हरुलाई विभेद गरिएको भन्दै सुनसर को इटहरी उपमहानगरपालिकाका कर्मचारीहरुले विरोध जनाउँदै धर्ना दिएका छन ।

अध्यादेश मार्फत ल्याइएको समायोजन विधेयकले आफुहरुलाई विभेद गरेको भन्दै स्थानीय तह अन्र्तगत इटहरी उपमहानगरपालिकाका कर्मचारीहरु आन्दोलित बनेका हुन्।

अध्यादेशमार्फत ल्याइएको कर्मचार समायोजन अध्यादेश २०७५ ले पेशागत स्थायित्व र कर्मचारी समायोजनको लागि सबै सेवाबीचमा समान व्यवहार नगरेको भन्दै स्थानीय तहका कर्मचारीहरुले देशव्यापी रुपमा विरोध जनाउँदै आएका छन् । स्थानीय तहका कर्मचारीहरुको पहिलो चरणको संघर्षअन्तर्गत इटहरीका कर्मचारीहरुले उपमहानगरपालिकामा धर्ना दिएका हुन् । कर्मचारीहरुको धर्नाका कारण कामकाजमा समस्या भएको भन्दै कामका लागि आएका सेवाग्राहीहरु रुष्ट बनेका छन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to policies and regulations internal to the government bureaucracy (e.g. civil servants wages, work conditions and promotions)
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Sunsari

0 Comments