Incident Reports

व्यवसायी रिहाइको माग गर्दै पाल्पा बन्द

2019-03-30

पत्रकार कुटपिटको आरोपमा पक्राउ परेका व्यवसायीलाई विना सर्त रिहाइकाे माग गर्दै पाल्पा उद्योग वाणिज्य संघले शनिबारदेखि पाल्पा बन्द आव्हान गरेको छ ।  बन्दका कारण पाल्पामा नीजि तथा सार्वजनिक सवारी साधन चलेका छैनन्। पसल, उद्योग, कलकारखाना सबै बन्द छन्। माध्यमिक शिक्षा परीक्षा (एसईई) लाई भने कुनै अवरोध नगर्ने संघले जनाएको छ। बिहानैदेखि उद्योगी, व्यवसायीहरु सडकमा उत्रेर व्यवसायीलाई विना सर्त रिहाइको माग गर्दै नाराजुलुस गरेका छन्।

पाल्पा उद्योग वाणिज्य संघका उपाध्यक्ष शैलेन्द्र भटराई, व्यवसायीहरु लक्ष्मण रेग्मी र बाबुराम बिष्टलाई विना प्रमाण प्रशासनले पत्रकार कुटपिटको आरोपमा थुनामा राखेको बिरोधमा बन्द आहृवान गरेको पाल्पा उद्याेग वाणिज्य संघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले बताए। शुक्रबार तानसेनका होलाङ्दी, बसपार्क ढुंगाखानी घर-घडेरी पीडितहरु तानसेन नगरपालिकामा डेलिगेसन गएर फर्किदा पत्रकार विजय बौडेललाई आक्रमण गरेको र सोही विषयलाई बुझ्न पत्रकार महासंघ पाल्पा अध्यक्ष राजेश कुमार अर्याल नगरपालिका पुग्दा उत्तेजित भीडले आक्रमण प्रयास गरेको थियो।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा अध्यक्ष अर्याल र शाखा सदस्य बौडेलमाथि सडक चौडा गराउन नदिने स्थानीयले आक्रमण गरेका हुन्। स्थानीय बासिन्दाले तानसेन नगरपालिकाले गत फागुन १५ गते होलाङदीदेखि बसपार्क ढुंगाखानी सडक केन्द्रदेखि दायाँׅबायाँ १०-१० मिटर चौडा पार्ने निर्णय गरेपछि समाचार प्रकाशन-प्रशारण गरेको विषयलाई लिएर आक्रमण गरेको महासंघको दाबी छ। बाटो चौडा बनाउन नदिने भन्दै समूहमा रहेका बावुराम विष्ट, शैलेन्द्र भट्टराई, लक्ष्मण रेग्मी लगायतले शाखाका अध्यक्ष अर्याल, शाखाका सदस्य बौडेललगायतका पत्रकारहरूलाई समाचार संकलनका क्रममा हातपात गरी ज्यान मार्ने प्रयास गरेको घटनाप्रति महासंघले भत्र्सना गरेको छ।



Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Strike/Bandh
Primary Cause Other governance issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations Chamber of Commerce and entrepreneur's associations
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments