2019-03-31
१७ चैत, काठमाडौं । पोखरा विश्वविद्यालय अन्तर्गतका केही कलेजहरुले नियमविपरित विद्यार्थी भर्ना लिएको र ती विद्यार्थी परीक्षामा सहभागी हुन बन्चित भएको भन्दै प्रदर्शनमा उत्रिएका नेविसंघका कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नवराज त्रिपाठीको अगुवाइमा नेविसंघका कार्यकर्ताहरुले बिभिन्न कलेजहरुमा कालो ब्यानर राख्दै ‘माफिया’ लेखेका थिए ।
त्रिपाठीसहित १० जना नेविसंघका कार्यकर्ताहरुलाई प्रहरीले आइतबार रत्नराज्य स्कुल अगाडिको सडकबाट नियन्त्रणमा लिएको छ । आफूहरुलाई प्रहरीले नियन्त्रणमा लिएर टेकु पुर्याएको त्रिपाठीले बताए ।
एपेक्स, एस, राजधानी, युनिग्लोब लगायतका कलेजहरुमा कालो ब्यानेर राख्ने र माफिया लेख्ने काम गरेको त्रिपाठीले बताए । एपेक्स कांग्रेस केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालको लगानीको कलेज हो ।
‘नियम विपरित क्याम्पसले भर्ना लिएका विद्यार्थी ३९१ जना छन् । उनीहरुको परीक्षा पोखरा विश्वविद्यालयले नलिने भएकाले विद्यार्थी अलपत्र परेका छन्,’ त्रिपाठीले भने, ‘त्यसैले विरोधको कार्यक्रम गर्नुपरेको हो ।’
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Collective |
Primary Form | Vandalism |
Weapons | None |
Primary Cause | Issues related to the quality of public services (health, education etc.)and access to these services |
Actor 1 - Number of people | 5 |
Actor 1 - Affiliations | Nepali Congress and affiliated org |
Actor 1 - Youth | unknown |
Actor 2 - Number of people | N |
Actor 2 - Affiliation (Target) | Education sector/teachers (private and public) |
Actor 2 - Youth | na |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD