Incident Reports

पर्सामा तीन वर्षीया बालिका बलात्कारको आरोपमा एक पक्राउ

2019-01-26

Madhes, Parsa, Birgunj, Ward 11

वीरगंज महानगरपालिका-११, मुर्ली टोलमा शनिबार बेलुकी ३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा छिमेकी २० वर्षीय अनिल चौहानलाई प्रहरीले पक्राउ गरेको हो । मुर्लीस्थित कृषि सामाग्री संस्थानको क्षेत्रीय कार्यालय नजिकको टोलका चौहानले बालिकालाई शनिबार बेलुकी ६ बजेतिर जबरजस्ती करणी गरेको पीडित बालिकाका अभिभावकले आरोप लगाएका छन्। बालिकाका अभिभावकका अनुसार शनिबार बेलुकी साढे ६ बजेतिर  मदिराको नशामा लट्ठ रहेका चौहानले बालिकालाई आफनो घर अगाडिबाट जबरजस्ती उठाएर सुनसान ठाउँमा लगि जबरजस्तीकरणी गरेका हुन् । बालिकालाई खोजी गर्दा एक घण्टापछि मात्र बलात्कृत अवस्थामा फेला पारिएको पीडित बालिकाकी आमाले बताइन्।

बालिकाका अभिभावकले घटनाबारे जिल्ला प्रहरी कार्यालय पर्सालाई खबरगरेपछि प्रहरीले चौहानलाई शनिबार बेलुकी मुर्ली-टोलबाट मदिराको नशाले लट्ठ रहेको अवस्थामा चौहानलाई पक्राउ गरेको हो।

आरोपित युवक चौहानलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको पर्साका प्रहरी, उपरीक्षक रेवती ढकालले बताए । बालिका र चौहान दुवैजनाको आइतबार नारायणी उपक्षेत्रीय अस्पतालमा | स्वास्थ्य परीक्षण गराइएको जानकारी दिंदै प्रहरी उपरीक्षक ढकालले भने, "बालिकाको अनुहारमा चोट लागेकोजस्तो घाउ छ, तर उनको अवस्था अहिले सामान्य तै छ, परीक्षणको रिपोट आएपछि घटनाबारे थाहा हुन्छ ।” 

तर प्रहरी हिरासतमा रहेका आरोपित युवक चौहानले भने आफूले बालिकालाई एक दुई थप्पड मात्र हिर्काएको तर बलात्कार भने नगरेको बयान दिएका छन् । घटनास्थलबाट केही शंकास्पद वस्तु पनि भेटिएको र घटनाको बारेमा अनुसन्धान भइहेको प्रहरीले जनाएको छ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Local Newspaper - Bara

0 Comments