Incident Reports

सशस्त्र प्रहरीद्वारा कटुवा पेस्तोलसहित एकजना पक्राउ

2019-04-07

Madhes, Saptari, Chhinnamasta, Ward 3

सप्तरी । जिल्लाको छिन्नमस्ता गाँउपालिका ३ गोबिन्दपुरस्थित सीमा ईलाकाबाट एपीएफ टोलीले एउटा कुटवा पेस्तोलसहित एक जनलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भारतको जिल्ला सुपौल डगमारा ग्राम १२ घर बताउने २३ वर्षीयरमेश कुमार मण्डल छन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट छिन्नमस्ताबाट सशस्त्र प्रहरी निरीक्षक दिपेन्द्रबहादुर थापाको कमाण्डमा खटिएको एपीएफ टोलीले आज पक्राउ गरेको हो ।भारततर्फ पैदल जाँदै गरेका निज मण्डललाई शंका लागि जाँच गर्दा उनको साथमा उक्त पेस्तोल फेला परेपछि पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

National/Online Media

0 Comments