Incident Reports

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

2019-04-05

Lumbini, Palpa, Mathagadhi

माथागढी गाउँपालिका-५ घर भई हाल रुपन्देही देवदह नगरपालिका-६ दाउन्ने बस्ने १३ वर्षीया बालिकालाई शुक्रबार साँझ जबरजस्ती करणी गरेको अभियोगमा सोही गाउँपालिका-३ सराई बस्ने २५ वर्षीय रोशन कुमाललाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

सोही गाउँपालिका-७ पाल्पा सिमेन्ट प्रालिको चुनढुङ्गा खानी जाने बाटो बनाउन प्रयोग हुने मिस्कट बोक्ने लु.२ ख ३२१७ नम्बरको ट्रिपर चालक रोशनले नवलपरासीको दाउन्नेबाट सोही ट्रिपरमा सवार गरी आएकी बालिकालाई सोही ठाउँस्थित धाव एरियामा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी माथाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

 यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Police website

0 Comments