Incident Reports

जनकपुरमा लाग्यो ‘चिनियाँ गो ब्याक’ को नारा

2019-04-07

Madhes, Dhanusha, Janakpur

जनकपुर– प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा त्यहाँका स्थानीय युवाले ‘चाइना गो ब्याक’ को नारा लगाएका छन् । प्रदेश सरकारले चीनबाट गाई ल्याउन लागेको विरुद्धमा यूवाहरुले यस्तो नारा लगाएका हुन् । जनकपुरको भानु चोकबाट युवाहरुले  ‘चाइना गो ब्याक’ लेखेको प्लेकार्ड बोकेर शिव चोकसम्म प्रदर्शन गरेका थिए ।चीनबाट गाई ल्याउन प्रदेश ३, गण्डकी प्रदेश र प्रदेश २ सरकारले चिनियाँ पक्षसँग सहमति गरेको भन्दै उनीहरुले त्यसको विरोधमा नारावाजी गरेका हुन् । चिनियाँ गाई आएमा नेपाली किसान मर्कामा पर्ने भन्दै युवाहरुले त्यसको विरोध गरेको प्रदर्शनकारी किशोर यादवले बताए । उनले सो सम्झौता खारेज नभए कडा आन्दोलनमा उत्रने चेतावनी समेत दिएका छन् । सरकारले चिनियाँ पक्षसँग गाई ल्याउने विषयमा गरेको सहमतिको बारेमा धेरै ठाउँमा यसको विरोध भएको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Dhanusha

0 Comments