Incident Reports

मेयर–प्रहरी घम्साघम्सी

2019-04-07

Madhes, Saptari, Rajbiraj

सप्तरीको राजविराजस्थित जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयमा आएको बजेटमा भ्रष्टाचार भएको भन्दै जिल्लाका दुई नगरपालिकाका नगर प्रमुखले आइतबार डिभिजन कार्यालयमा तालाबन्दी गर्न खोज्दा प्रहरीसित घम्साघम्सी भएको छ ।

बोदेवरसाइन नगरपालिकाका प्रमुख आतेशकुमार सिंह यादब र खड्ग नगरपालिकाका प्रमुख हेमायु हक आफना समर्थक सहित आइतवार सिँचाइ विकास डिभिजन कार्यालयमा तालाबन्दी गर्न खोजेका थिए ।

बोदेवरसाइन नगरपालिका र खडग नगरपालिका हुँदै बग्ने खडग नदी नियनत्रणका लागि आएको बजेट डिभिजन प्रमुख राजकुमार खंगले कुम्याउन खोजेको भन्दै आफूहरू त्यसका बिरूद्ध कार्यालयमा तालाबन्दी गर्न गएको बोदेवरसाइन नगरपालिकाका प्रमुख आतेशकुमार सिंह यादबले बताए ।

उनका अनुसार आफूहरूलाई संघिय र प्रदेश सरकारको मन्त्रालय तथा बिभागले आफनो नगरक्षेत्र भित्र आएको बिभिन्न योजनावारे जानकारी दिने गरे पनि डिभिजन कार्यालयले आफूखुशी गर्न थालेको छ । खडग नदी नियन्त्रणका लागि यसवर्ष ३ करोड ९० लाख आएको र सिंचाइ बिकास डिभिजन कार्यालय राजविराजका प्रमुख राजकुमार खंगले आफूखुशी उपभोक्ता समिती गठन गरि कमिसनको खेलमा बजेट कुम्लयाउन खोजेको नगरप्रमुख यादवले आरोप लगाए ।

‘सुरूमा चोरेर उपभोक्ता समिति बनाउँछन्, नगरपालिकाले चासो लिदा अर्को उपभोक्ता समिति बनाइदिन्छन्’ मेयर यादवले भने, ‘पछि कमिसन मिल्ने उपभोक्ता समितिलाई वजेट थप्दै आफनो गोजी भर्ने धन्दामा डिभिजन प्रमुख लागिपरेका छन् ।’ खडग नदी नियनत्रणका लागि आएको ३ करोड ९० लाखको योजनाको स्टीमेट आफूहरूले १५ दिनअघि नै माग्दा डिभिजन प्रमुख खंग भाग्दै हिँडेको उनले आरोप लगाए । ‘१५ दिनदेखी दुईवटा नगरपालिकाका प्रमुख स्टीमेट माग्दै हैरान छौ,उनी दिन चाहिरहेका छैनन्,’ नगरप्रमुख यादवले भने, ‘अटेरीको हद पार गरेपछि आइतवार डिभिजन कार्यालय नै गएका हौं ।’

उनले आइतवार आफूहरू डिभिजन कार्यालय पुगने कुरा जानकारी पाएपछि उनी कार्यालयबाट अन्यत्र गएको र कार्यालयमा रहेका इन्जिनयर पनि राम्रो ब्यबहार नगरेपछि कार्यालयमा तालाबन्दी गर्न बाध्य भएको सुनाए । आइतवार डिभिजन कार्यालयमा तालाबन्दी गर्न पुगेका बोदेवरसाइनका नगर प्रमुख यादव र खडक नगरपालिकाका प्रमुख हेमायु हक र वडाध्यषहरू सहितका जनप्रतिनिधि र प्रहरीबीच घम्साघम्सी भएको थियो ।

प्रहरीको रोकेपछि उनीहरू डिभिजन कार्यालयमा तालाबन्दी गर्न पाएनन् । उनीहरूले लागत स्टीमेटबारे जानकारी नदिएर डिभिजन प्मुख खंगले खडग नदी नियन्त्रणको कार्यमा अनियमितता गर्न खोजेको आरोप लगाउँदै तत्काल लागत स्टीमेटवारे जानकारी नदिए आन्दोलन गर्ने चेतावनी दिए ।

यसवारे डिभिजन कार्यालयमा प्रमुख खंगसित सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । डिभिजन कार्यालयका इन्जिनियर बद्रिनारायण साहले प्रमुखको निर्देशनबिना कार्यालयका कुनै पनि जानकारी दिन नमिल्ने बताए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to corruption (other than tenders)
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments