Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-04-07

Madhes, Siraha, Golbazar, Ward 3

२६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले गोलबजार नपा–३ का २० वर्षीय गजेन्द्र मोचीलाई चैत २५ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले चैत २४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय गोलबजारमा चैत २५ गते उजुरी दिएको थियो । पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा चैत २५ गते गरिएको थियो ।

इलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर नविन घिमिरेका अनुसार घटनाको जानकारी हुनासाथ आरोपितलाई गिरफ्तार गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको छ । 


दुर्गा परियार

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments