Incident Reports

घरेलु हिंसा पीडित महिलाले न्यायको पहल गरिदिन इन्सेकसमक्ष निवेदन

2019-04-17

Bagmati, Sindhupalchok, Melamchi, Ward 3

घरेलु हिंसामा परेर पीडित भएको भन्दै मेलम्ची नपा–३ हैवुङकी २७ वर्षीया भावना बुढाक्षेत्री (घले) ले चैत २९ गते इन्सेक जिल्ला प्रतिनिधिको कार्यालयमा न्यायको लागि पहल गरिदिन निवेदन दिएकी छन् । 

पीडितले दिएको निवेदनमा माइलो ससुरा सानो रामबहादुर घले र जेठाजु ज्ञानेन्द्र घलेले विभिन्न समयमा पटकपटक कामीको छोरी भन्दै गालीगलौज गरी कुटपिट गर्ने प्रयास गरेको र माइलो ससुराले आफ्नो यौनाङ्ग देखाएर दुव्र्यवहार गर्ने गरेको कुरा पीडितको निवेदनमा उल्लेख छ ।

विगत १२ वर्ष अधि सेनामा जागीर भएका बेला रबिन्द्र घलेले फकाएर सुर्खेत जिल्लाको साविक राकम गाविस–८ बाट प्रेम विवाह गरी भावनालाई सिन्धुपाल्चोक ल्याएका थिए ।

पतिले प्रेम विवाह गरी घर ल्याएपछि आफू क्षेत्रीको छोरी भएको भन्दा पनि कामीको छोरी होस् भन्दै कुलपुजामा प्रवेश गर्न समेत नदिएपछि विगत पाँच वर्षदेखि माइती बस्दै आएको पीडितले बताइन् ।

इन्सेक जिल्ला प्रतिनिधिको कार्यालयमा पीडितले दिएको निवेदनका आधारमा आरोपितलाई कानुनी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालयमा उजुरी लेखाएर दर्ता गर्ने प्रक्रियामा सहयोग पुर्‍याएको इन्सेक प्रतिनिधि नातिबावु धितालले बताए ।

आरोपितलाई कानुनी दायरामा ल्याउन सहयोग पुर्‍याउन पीडितले इन्सेक प्रतिनिधिलाई लिखित अनुरोध गरेकीले उजुरी दर्ता प्रक्रियामा इन्सेकले सहयोग पुर्‍याएको हो ।

नातिबावु धिताल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
INSEC

0 Comments