Incident Reports

थाल ठटाएर चिया मजदुरले निकाले जुलुस

2019-04-17

Province 1, Jhapa, Birtamod

बिर्तामोड : चिया मजदुरले बुधबार झापाको बिर्तामोडमा थाल ठटाउँदै सडकमा जुलुस निकालेका छन्।सरकारले चिया श्रमिकका लागि तोकेको न्यूनतम ज्याला बगान सञ्चालकले कार्यान्वयनमा नल्याएको भन्दै बिर्तामोडमा जुलुस निकालेका हुन्। 

सरकारले गत साउन १ गतेदेखि चिया बगान तथा कारखानामा कार्यरत श्रमिकका लागि न्यूनतम पारिश्रमिक तोकेको थियो।मजदुरले दैनिक २ सय ३१ र महंगी भत्ता १ सय ५४ गरी जम्मा ३ सय ८५ रुपैयाँ बगान सञ्चालकले पाउनुपर्ने माग गरिरहेका छन् । 

चैत १७ देखि आन्दोलित बनेका मजदुरले विभिन्न समयमा झापाका भद्रपुर, काँकडभिट्टा र बिर्तामोड लगायतका स्थानमा कोण सभा र जुलुस निकाल्दा समेत माग पुरा नभएको भन्दै बुधबार झापाको बिर्तामोडमा थाल ठटाउँदै जुलुस निकालेका हुन्।पूर्व पश्चिम राजमार्ग अन्तर्गत बिर्तामोडको बिएण्डसी अस्पाताल अघिबाट सुरु भएको मजदुरको जुलुसले मुक्तिचोक परिक्रममा गरेको थियो । 

उपस्थित मजदुरले थाल ठटाउँदै सरकारले तोकेको न्यूनतम पारिश्रमिक तत्काल लागु गर्न माग गरेका थिए।झापा, इलाम, धनकुटा, पाँचथर र तेह्रथुममा बढी चिया खेती हुने भएकाले ती जिल्लामा बढी मजदुर कार्यरत रहेका छन्।बगानमा चिया टिप्ने सिजनमा ५५ देखि ६० हजार मजदुरले काम गर्ने गरेका छन् भने नियमित रुपमा २५ हजार मजदुर चिया बगान र चिया उद्योगमा काम गरिरहेका छन् । 

झापामा मात्र २८ वटा सिटिसी चिया उद्योगमा मजदुर कार्यरत रहेका छन्।उनीहरुले दैनिक ८ घण्टा काम गरे पनि दैनिक २७८ रुपैयाँ मात्र ज्याला पाइरहेका छन् । 

फोटो क्याप्सन : बुधबार झापाको बिर्तामोडमा चिया मजदुरले निकालेको जुलुस। 

 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Labor organization, trade unions and other organizations based on economic demands
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
National/Online Media

0 Comments