Incident Reports

विष्फोटक पदार्थ सहित पक्राउ

2019-04-19

रोल्पा, ५ वैशाख    सुनिलस्मृति गाउँपालिका-४ बर्जीवाङ बस्ने ३७ वर्षीय खहीराम महरा र लुंग्री गाउँपालिका-५ बस्ने ३४ वर्षीय जितबहादुर बिष्टलाई स्टिलको ढाई लिटरको बाल्टीन पड्काउन तयारी अवस्थामा रहेको बाल्टीन १ थान र बम बनाउन प्रयोग गरिने गन्धक १ केजी सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।     विशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय सुलिचौरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई उक्त विष्‍फोटक पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।     यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments