Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2019-03-30

Province 1, Bhojpur, Hatuwagadhi, Ward 6

२२ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा हतुवागढी गाँउपालिका–६ का ४८ वर्षीय रामप्रसाद राईलाई प्रहरीले गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपितले ०७५ चैत १६ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले चैत २० गते जिल्ला प्रहरी कार्यालयमा आरोपित विरूद्घ उजुरी दिएको थियो ।

सोही उजुरीका आधारमा आरोपितलाई वैशाख ७ गते गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्स्पेक्टर पाण्डव राजवंशीले बताए ।

पीडित युवतीको स्वास्थ्य परीक्षण चैत २१ गते जिल्ला अस्पतालमा गरिएको थियो । पीडित पक्षको उजुरी प्रहरीमा पहिले नै आएपनि आरोपित लुकिछिपी बसेकाले गिरफ्तारीमा ढिलाई भएको इन्स्पेक्टर राजवंशीको भनाई छ ।

आरोपित हतुवागढी गापा–६ होम्ताङस्थित सरस्वती आधारभूत विद्यालयमा करारमा कार्यरत शिक्षक हुन् ।


गणेश विष्ट

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments