Incident Reports

पत्रकार गिरीको रिहाइको माग गर्दै धर्ना

2019-04-17

नवलपरासी । पोखराका पत्रकार अर्जुन गिरीको पक्राउको विरोध र उनीमाथि लगाइएको मुद्दा फिर्ताको माग गर्दै देशभर पत्रकार महासंघ आन्दोलित भएको छ।

सोही क्रममा बुधबार कावासोतीमा जिल्ला प्रशासन कार्यालय नवलपुरअगाडि १ घन्टा धर्ना दिएर पत्रकार महासंघ नवलपुरले गिरीको रिहाइको माग गरेको छ। त्यस्तै, प्रेस संगठन नेपाल नवलपुरले पनि जिल्ला प्रशासन कार्यालय, नवलपुरमा ज्ञापन पत्र बुझाएर उनको रिहाइको माग गरेको छ।

समाचार लेखेकै भरमा पत्रकार गिरीलाई पक्राउ गर्नु प्रेस स्वतन्त्रता अभिव्यक्तिविरुद्धको काम भएको हुँदा पत्रकारहरू आन्दोलित भएका हुन् । पत्रकार गिरीलाई समाचार लेखेकै आधारमा साइबर अपराधअन्तर्गत मुद्दा चलाउन थालिएको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to freedom of expression and civil rights
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Journalist/Media
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Chitwan

0 Comments