Incident Reports

मनमुटाव भएपछि खुर्पाले हानेर श्रीमतीको हत्या, भाग्दै गरेका श्रीमान् पक्राउ

2019-04-23

Bagmati, Lalitpur, Godawari, Ward 1

गोदावरी नगरपालिका-१ बिशंखुनारायणको इँटा भट्टामा काम गर्ने ४२ वर्षीया जयबहादुर वाइवाले श्रीमतीको टाउको छिनाएका छन्। उनले ४१ वर्षीया श्रीमती सुनमाया वाइवालाई मंगलबार बिहान खुर्पाले हानेर हत्या गरेको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी वृत्त सातदोबाटोका डीएसपी गौतम मिश्रका अनुसार घटना मंगलबार बिहान करिब ५:३० बजे तिर भएको हो। घट्नाबारे स्थानीयले प्रहरीलाई जानकारी गराएपछि प्रहरी घटनास्थल पुगेका थिए।

मिश्रका अनुसार घर छेउको खोल्सामा भाग्दै गरेको अवस्थामा वाइवालाई पक्राउ गरेको हो।वाइवा सिन्धुली घर भइ हाल ललितपुरको इँटा भट्टामा काम गर्दै आएका थिए।सुनमाया वाइवा पनि सोही भट्टाको छाप्रोमा बस्दै आएका थिइन्।जेठी श्रीमती पोइल गएपछि वाइवाले कान्छी श्रीमती सुनामायालाई भित्र्याएको डीएसपी मिश्रले जानकारी दिए।

उनीहरूका ५ र २ वर्षका दुईवटा नानी छन्। वाइवाले प्रहरीलाई दिएको बयानअनुसार श्रीमतीसँग मनमुटाव भएपछि रिस थाम्न नसकेर श्रीमतीको हत्या गरेका हुन्।उनले श्रीमतीको घाँटीमा खुर्पाले हानेर छिनाएको प्रहरीले जनाएको छ। सुनमायाको शव पोस्टमार्टमका लागि पाटन अस्पताल लगिएको छ भने वाइवा सातदोबाटो प्रहरी वृत्तमा छन्। 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media , Police website

0 Comments