2019-03-31
Province 1, Morang, Belbari, Ward 11
१० वर्षीया बालिकाले आत्महत्या गरेपछि मोरङमा बुवाबिरुद्ध बलात्कार प्रयास गरेको उजुरी परेको छ । मोरङको बेलबारी नगरपालिका- ११ मा बस्दै आएकी बालिकाले आत्महत्या गरेपछि १४ वर्षीया दिदीले बुवाबिरुद्ध बलात्कार प्रयास गरेको भन्दै उजुरी दिएकी हुन् ।
प्रहरीका अनुसार आइतबार आफ्नै घरमा झुण्डिएको अवस्थामा बालिकाको शव भेटिएको थियो । आइतबार झुण्डिएको अवस्थामा बहिनीको शव फेला परेपछि सोमबार उनकी दिदीले झड्केलो बुवाबिरुद्ध बलात्कार प्रयासको किटानी जाहेरी दिएकी हुन् ।
बालिकाको उजुरीपछि सोमबार नै झड्केलो बुबालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । बुबालाई जबरजस्ती करणी उद्योग सम्बन्धी मुद्दा दायर गरी अनुसन्धान सुरु गरिएको डीएसपी श्रेष्ठले बताए ।
प्रारम्भिक अनुसन्धानका क्रममा बालिकाले पासो लगाएर आत्महत्या गरेको देखिएको प्रहरीको भनाइ छ । आइतबार आमाबुवा काममा निस्किएको बेला बालिकाले घरको सिलिङमा पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
दिदीले दिएको उजुरीमा भने बुवाले बलात्कार प्रयास गरी दिएको मानसिक यातनाका कारण बहिनीले आत्महत्या गरेको दावी गरिएको छ ।
प्रहरीका अनुसार गत वैशाख १ गते झड्केलो बुबाले उजुरी गर्ने छोरीलाई जबरजस्तीकरणी प्रयास गरेका थिए । तर, भागेर बचेकी उनले आफन्तलाई बुबाको व्यवहार बारे सुनाएकी थिइन् ।
घटना बाहिर आए बदनाम हुने भन्दै आफन्तले घटनालाई घरभित्र नै थामथुम पारेका थिए । आफूमाथि दुर्व्यबहार भएको १५ दिनपछि बहिनीले आत्महत्या गरेपछि दिदीले बुबाबिरुद्ध जाहेरी दिएकी हुन् ।
आफ्ना बुबाको दुर्घटनामा मृत्यु भएको र आमाले दोस्रो बिहे गरेपछि तीन बालिकाहरु आमा र झड्केलो बुबासँग बस्दै आएका थिए ।
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Interpersonal |
Primary Form | Suicide |
Secondary Form | Sexual Assault |
Weapons | None |
Primary Cause | Rape/sexual assault |
Actor 1 - Number of people | 1 |
Actor 1 - Affiliations | Family/relative |
Actor 1 - Youth | unknown |
Actor 2 - Number of people | 2 |
Actor 2 - Affiliation (Target) | Family/relative |
Actor 2 - Youth | youth |
Female Injured | 00 |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD
COCAP BIWEEKLY: INCIDENTS SURROUNDING COVID-19 MARCH 1 - 15, 2021
March 25, 2021
GBV / Governance / Covid-19