Incident Reports

घरभित्रै बुहारीको शंकास्पद मृत्यु

2019-05-03

Lumbini, Rupandehi, Butwal, Ward 14

दाइजो नल्याएको भन्दै आधा दशकदेखि हिंसा सहेर बसेकी रुपन्देहीकी एक महिलाको शंकास्पद मृत्यु भएको छ। माइतीपक्षले भने सासू ससुरा र नन्दले हत्या गरी झुन्डाएको भन्दै प्रहरीमा जाहेरी दिने प्रयास गरेका छन्। तर, इलाका प्रहरी कार्यालय बुटवलले जाहेरी लिन मानेको छैन।

बुटवल उपमहानगरपालिका १४ बिनायकपुरकी २५ वर्षीया लक्ष्मी खत्री शुक्रबार बिहान घरको दोस्रो तलाको बरण्डामा झुण्डिएको अवस्थामा फेला परेकी थिइन्। मृत्युको अघिल्लो बिहान सासुबाट कुटिएर घाइते भएपछि राति १० बजेसम्म घरमा रुवाबासी चलेको र बिहान उक्त घटना भएको छिमेकीले बताएका छन्।

अर्घाखाँची गोखुङ्गा माइत भएकी लक्ष्मीको बिहे सात वर्षअघि भएको थियो। उनकी ६ वर्षकी  छोरी छन्। श्रीमान रोजगारीका लागि दुबई आउनेजाने गर्छन्। बिहे गरेको ६ महिनादेखि नै लक्ष्मीले सासुको दुव्र्यवहार भोगेको माइती पक्षले जनाएको छ।

दाइजो कम ल्याएको भन्दै सासुले कुटपिट गर्दै आए पनि उनले बाहिर नबताएको बुवा डोमबहादुर खत्रीले बताए। ‘छ महिनादेखि नै सासुले दाइजो कम ल्याइस भन्दै हेला गरेको बताएकी थिई’, उनले भने–‘यस्तो गर्लान भन्ने सोचेकै थिएनौं।’ 

बिहीबार मात्रै सासुको कुटाईबाट घाइते भएकी लक्ष्मीले स्थानीय मेडिकलमा उपचार गराएकी थिइन्। उनको आँखामा निलडाम रहेको छिमेकीले बताएका छन्। बिहीबार दिउँसो नै उनले स्थानीय सिर्जनशील आमा समूहका पदाधिकारीलाई भेटेर न्याय दिन माग गर्दै बैठक बस्न आग्रह गरेकी थिइन। 

‘मलाई सासुले दैनिक पिट्छिन् भन्दै आएकी थिइन, मैले मिटिङ बसेर वडामा उजुरी दिनुपर्छ भनेकी थिएँ’, स्थानीय सत्यवती आमा समूहकी अध्यक्ष कल्पना पौडेलले भनिन्। लक्ष्मीले वर्षाैदेखि सासुको हिंसा खेप्नु परेको उनले बताइन्। ‘भिखारीकी छोरी, के ल्याएर आइस’ भन्दै हिंसा गर्ने गरेको उनले बताइन।

मृत्युको अघिल्लो साँझ लक्ष्मीले फेसबुकमा आफ्ना पति अमृत खत्रीलाई ट्याग गर्दै  ‘कतिबेला हुन्छ शरीरको हत्या के थाहा’ भन्ने स्टाटस लेखेकी छन्। तर त्यो स्टाटस अहिले डिलिट गरिएको छ। माइती पक्षले नन्द वा श्रीमानले हटाएको हुनसक्ने बताएका छन्।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी डिलबहादुर मल्लले सासुबुहारीबीच झगडा भएको र हत्या गरेर झुण्ड्याएको माइती पक्षको आरोप रहेको जानकारी दिए। उनले घटनाको विषयमा अनुसन्धान थालिएको बताए।

अर्घाखाँचीको गोखुङ्गाका माइती पक्षसहित स्थानीय महिला समूहले हत्या वा दबाबमा  आत्महत्या भएको भन्दै कारबाहीको माग गरेका छन्। सिर्जनशील आमा समूह र सत्यवती आमा समूहले शनिबार दिउँसो इलाका प्रहरी कार्यालयमा धर्ना दिएका थिए। 

लक्ष्मीका बुवा खत्रीले सासुले पटकपटक यातना दिने गरेको भन्दै उनले नै हत्या गरेको  दाबी गरे। स्थानीयले सासुकै यातनाका कारण आत्महत्या गर्न बाध्य भएको भन्दै कारबाहीको माग गरेका छन्। प्रहरीले सासुलाई नियन्त्रणमा लिएको छ। लक्ष्मीका ससुरा चन्द्रबहादुर खत्री, नन्द अस्मिता खत्रीको समेत मिलेमतो रहेको उनीहरुको दाबी छ। 

प्रचलित कानुन अनुसार आत्महत्या गर्न बाध्य पार्नेलाई पाँच वर्षको जेल सजाय र ५० हजार जरिवाना रहेको छ। 

 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Other
Primary Cause Related to disputes over dowry
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media

0 Comments