Incident Reports

बलात्कार आरोपमा प्रहरी पक्राउ

2019-05-03

Province 1, Sunsari, Itahari, Ward 12

मजदुर महिलालाई जबरजस्ती करणी गरेको आरोपमा सुनसरी सोनापुरको सशस्त्र प्रहरी युनिटमा कार्यरत एक जना जवान शनिबार पक्राउ परेका छन्। सुनसरीकै बर्जु गाउँपालिका वडा नं.५ घर भएका ३५ वर्षीय सहिंसा चौधरी पक्राउ परेका हुन्।

उनीविरुद्ध जबरजस्ती करणी गरेको किटानी जाहेरी इलाका प्रहरी कार्यालय इटहरीमा परेपछि जिल्ला अदालतको अनुमति लिएर पक्राउ गरिएको इटहरीका प्रहरी निरीक्षक बुद्धि चौलागाईंले जनाए। उनका अनुसार पक्राउ परेका चौधरीको अनुसन्धान थालिएको छ।

घटनाक्रम अनुसार, इटहरी वडा नं. १२ मा डेरा गरी बस्ने ३० वर्षीया विवाहित महिला साथीसँग तीन दिनअघि सोनापुरमा लाग्ने मेलामा गइन्। दुवै महिला अरिहन्त जुट मिलमा कार्यरत रहेकाले गर्दा बजार जाँदा होस् वा अन्य कुनै काम पर्दा प्रायः सँगै हिँड्डुल गर्ने गर्थे। दुवै जना महिला एउटै घरमा अलग–अलग डेरा लिएर बस्छन्।

मेलामा जाँदा पीडित महिलासँग गएकी साथीको प्रहरी जवान चौधरीसँग चिनजान रहेछ। साथीले चौधरीसँग चिनजान गराइन्। अनि, दुवै जना मेलामा किनमेल गरेर फर्किए। डेरामा फर्किएको केही समयपछि प्रहरी जवान ती महिलाकै कोठामा आइ पुगे। ती महिलाले ठानिन्, ‘केही समयपछि त जालान!’ तर, उनी गएनन्। घरमा आएको रातिको पाहुना भनेर ती महिलाले खाना खुवाइन, त्यसपछि त जालान भन्ने सोचिन्। तर, चौधरी महिलाप्रति कुदृष्टि राखेर आएका रहेछन्, महिलामाथि जबरजस्ती करणी गरे।

महिलाले भोलिपल्ट प्रहरी कार्यालयमा पुगेर उजुरी दिइन, त्यसपछि अदालतको अनुमति लिएर पक्राउ गरिएको हो। पीडित महिलाका पति विदेश गएका छन्। उनका पाँच वर्षका छोरा छन्। पक्राउ परेका सशस्त्र प्रहरीका जवान चौधरीले प्रारम्भिक अनुसन्धानका क्रममा जबरजस्ती करणी गरेको स्वीकारेको प्रहरीले जनाएको छ।

सुनसरीमा साउनयता ८२ वटा जबरजस्ती करणीका मुद्दा दर्ता भएका छन्। साउनदेखि वैशाख १८ गतेसम्म जबरजस्ती करणी उद्योगमा १२ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

समाजमा बढ्दै गएको दण्डहिनता, कानुन हातमा लिने प्रवृत्ति र अपराधको राजनीतिकीकरणले गर्दा महिलामाथि जबरजस्ती करणीका घटना बढ्दो भएको हो।

डर, त्रास, धाक–धम्की, अनुचित प्रभाव, शरीर बन्धक राखेर वा होस् नभएको अवस्थामा कोही महिलामाथि जबरजस्ती गरिन्छ भने त्यसलाई नै जबरजस्ती करणी मानिन्छ। बलात्कार गर्ने हरेकले फरकफरक शैली अपनाउने गरेको विभिन्न घटनाले देखाएको छ। कतिपयले नशालु पदार्थ खुवाएर त कतिपयले ललाई फकाइ प्रलोभनमा पार्ने गरेका छन्।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations APF
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
National/Online Media

0 Comments