Incident Reports

राष्ट्रपति स्वदेश फर्किंदा पनि नागरिकलाई सास्ती, सडकमा जाम भएपछि हर्न बजाएर विरोध

2019-05-01

Bagmati, Kathmandu, Kathmandu

चीनको आठदिने भ्रमण सकेर राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार स्वदेश फर्किएकी छन्।

राष्ट्रपति विमानस्थलबाट निवास फर्किंदा सडक अबरुद्ध भएपछि सवारी चालकले हर्न बजाएर विरोध गरेका थिए। गौशालामा त हुटिङसमेत भएको थियो। यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

जननिर्वाचित राष्ट्रपति आवतजावत गर्दा जनतालाई दुःख दिने प्रवृत्तिको विरोध वढ्दो छ। तर, सरकारको ध्यानाकर्षण भएको छैन।

राष्ट्रपति स्वदेश फर्कने क्रममा दुईवटा जहाज काठमाडौँको आकाशबाट डाइभर्ट भएका छन्।

चीनको कुन्मिङबाट आएको एयर चाइनाको जहाज ल्हासा र दोहाबाट आएको हिमालयन एयरलाइन्सको जहाज भारतको कोलकाता डाइभर्ट भएका हुन्।

राष्ट्रपति भण्डारी भने ११ वैशाखमा चीन भ्रमणमा निस्कने क्रममा ल्यासा डाइभर्ट भएको सिछुआन एयरको जहाजबाट काठमाडौँमा अबतरण भइन्।

राष्ट्रपति आगमनका कारण बुधबार दुई जहाज डाइभर्ट मात्रै भएनन्, बिहान साढे १० बजेपछिका दुई सयभन्दा बढी आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान तालिका पछाडि धकेलिए

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Primary Cause Other governance issues
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments