Incident Reports

दाइजो नल्याएको आरोपमा हत्या गरेको माइती पक्षको आरोप

2019-05-02

Sudurpashchim, Kailali, Godawari

दाइजो नल्याएको आरोपमा २५ वर्षीया रूक्सरा कुरैसीको वैशाख १९ गते २८ वर्षीय पति आलम कुरैसीले हत्या गरेको माइती पक्षले आरोप लगाएको छ ।

नेपालगन्जमा वैशाख २३ गते पत्रकार सम्मेलन गर्दै मृतक रूक्सराका बुबा इस्लाम अहमद कुरैसीले दाइजो नपाएको भन्दै छोरीको हत्या गरेको आरोप लगाएका हुन् ।

भारत नारापारा घर भई कैलाली जिल्ला गोदावरी नपास्थित अत्तरियामा डेरा गरी बस्दै आएक रूक्सरा वैशाख १९ गते झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।

घरपरिवारले ३ लाख रुपियाँ र एउटा पल्सर मोटरसाइकल दाइजो ल्याउन दबाब दिइरहेको मृतकका बुवाले बताए ।

ज्वाँईले भने अनुसार जग्गा बेचेरै भए पनि ३ लाख रुपियाँ र मोटरसाइकल दाइजो दिने तयारी गरेकै बेला छोरीको हत्या गरेको कुरैसीले बताए ।

‘हत्या भएको एक घण्टाअघि छोरीसँग कुराकानी गर्दै म भोलि नै कैलाली आएर छलफल गर्छु । जग्गा बेचेरै भए पनि ३ लाख रुपियाँ र मोटरसाइकल दाइजो दिउँला । अहिले परिवारसँग केही विवाद नगर्नु भनेको थिएँ ।’–पत्रकार सम्मेलनमा इस्लामले भने । उनले केही घण्टापछि फेरि फोन गर्दा छोरीले झुण्डिएर आत्महत्या गरेको जानकारी पाएको बताए ।

नौ महिनाअघि आलमसँग उनको विवाह भएको थियो । माइती पक्षका अनुसार घरपरिवारले दैनिक मानसिक तनाव दिइरहे पछि रूक्सराले दुई दिनदेखि खाना समेत खाएकी थिइनन् ।

पीडित पक्षले जिल्ला प्रहरी कार्यालय कैलालीमा हत्या गरेको भन्दै वैशाख २० गते उजुरी दिएको मृतकका बुवाले बताए । शवको पोष्टमार्टम वैशाख २० गते सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको थियो ।


स्मृति देवकोटा

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Related to disputes over dowry
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
INSEC

0 Comments