Incident Reports

हिंसापीडित महिलाद्वारा प्रहरीमा उजुरी

0007-05-09

राजगढ गाउँपालिका–५ की २६ वर्षीया ममतादेवी मण्डललाई वैशाख २४ गते साँझ पति शिवदत्त मण्डलले लाठीले कुटपिट गरी घाइते बनाएको भन्दै पीडितले वैशाख २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छिन् ।

कुटपिटले आँखा र अनुहार सुन्निएको अवस्थामा पीडितको उपचार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा वैशाख २५ गतेदेखि उपचार भइरहेको छ ।

पीडित नौ हप्ताकी गर्भवती रहेको र कुटपिटबाट आँखा र नाकमा गम्भीर चोटपटक लागेको अस्पतालकी स्टाफ नर्स मनिषा सिम्खडाले बताइन् । घाइते महिला रूपनी गाउँपालिकास्थित माइतीघर विस्थापित भएकी छिन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC

0 Comments