Incident Reports

पीडितकाे आराेप- 'प्रहरीले बिनाकारण कुटपिट गर्यो'

2019-05-10

Madhes, Bara, Kalaiya, Ward 1

बारा– प्रहरी निरिक्षकको नेतृत्वमा रहेको क्राइम ब्रान्चको टोलीका सदस्यहरुले बिना कारण एक जनालाई नियन्त्रणमा लिई कुटपिट गरेको पीडितले आरोप लगाएका छन्। कलैया उपमहानगरपालिका १ निवासी संजय साहलाई भनेको कुरा नमानेको भन्दै शुक्रबार नियन्त्रणमा लिएर प्रहरीले कुटपिट गरेको पीडितले आरोप लगाएका हुन्।

मुलुकी अपराध सहिता २०७४ मा भएको व्यवस्था अनुसार प्रहरीले कुनै व्यक्तिलाई पक्राउ गर्नुभन्दा पहिला अदातल वा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर मात्रै पक्राउ गर्नुपर्ने नियम रहेको छ। तर प्रहरीले भने अनुसार नचलेकाे निहुमै बिना पुर्जी साहलाई नियन्त्रणमा लिएर कुटपिट गरिएको छ। ‘शुक्रबार बेलुका कलैयाको घण्टा घर नजिकै रहेका तारा स्विटस पसल अगाडी उभिरहेको अवस्थामा सादा पोशाकमा आएका प्रहरीहरुले केही सोध्नु छ भन्दै पसलभित्र लिएर गए’ साहले भने, ‘तारा स्विटस पसलभित्र पुगेपछि मेरो मोबाइल लिए अनि बाहिर जान दिएनन्।’ पसलबाट निस्केर बाहिर थुक्न जान लाग्दा प्रहरी निरिक्षक निशान्त श्रीवास्तको नेतृत्वमा रहेका प्रहरी टोलीले बढि कुरा गरेको भन्दै प्रहरीको गाडीमा राखी जिल्ला प्रहरी कार्यालयमा ल्याएर कुटपिट गरेको साहले बताए। प्रहरीको कुटाईबाट घुडाँमा चोट लागेकाले दिशा पिसाव गर्न समेत समस्या भएको साहले बताए।

साहलाई बिना कारण प्रहरीले नियन्त्रणमा लिएर कुटपिट गरेका भन्दै बारा उद्योग वाणिज्य संघको सभाहलमा प्रहरीको कार्यको बिरोधमा राजनीतिक दलहरुको सर्वदलिय बैठक आईतबार बसेको थियो। बैठकमा सहभागी रहेका समाजवादी पार्टी नेपालका नेता प्रमोद गुप्ताले कलैया बजार क्षेत्रबाट निर्दोश युवालाई समातेर मुद्दा चलाएको अवस्थामा त्यसको छानबिन गर्नुपर्ने बताए। बारा प्रहरीले गरेको ज्यादती गरेको भन्दै त्यसको बिरोध गर्न जरुरी भएको उनले बताए।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक रंजित सिँह राठौरले भारतीय प्रिमियन लिग (आइपिएल)मा सट्टा बाजी गर्नेहरुलाई कलैयाको बजार क्षेत्रबाट पक्राउ गर्ने क्रममा साह पनि पक्राउ परेको बताए। साहलार्इ पक्राउ गरेपछि अनुसन्धान गर्दा सट्टा बाजीमा उनको संलग्नता नभेटिए पनि उनले प्रहरीको काममा बाधा पु-याई अभद्र व्यवहार गरेकाले मुद्दा दायर गरेको बताए। उनलाई जिल्ला प्रशासन कार्यालय बाराबाट पाँच दिनको म्याद थप गरिएको छ।

शुक्रबार बेलुका बारा प्रहरीले भारतीय प्रिमियन लिग (आइपिएल)मा सट्टा बाजी गरेको आरोपमा १४ जनालाई कलैयाको बजार क्षेत्रबाट पक्राउ गरेको राठौरले बताए। पक्राउ परेकाहरु मध्ये १० जनालाई अनुसन्धानपछि छोडिएको र तीन जनामाथि जुवा ऐन अन्तर्गत मुद्दा चलाएको उनले बताए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Law and Order Violence
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media

0 Comments