Incident Reports

टोखामा गोली चल्यो, एक पक्राउ

2019-05-20

Bagmati, Kathmandu, Tokha

काठमाडौँ - प्रहरीले काठमाडौँको टोखाबाट डकैतीको आरोपमा एक लुटेरा नाइकेलाई पक्राउ गरेको छ। प्रहरीको सर्वाधिक खोजीको सूचिमा रहेका डाँका काले भनिने विष्णु तामाङलाई प्रहरीले गोली हानी पक्राउ गरेको हो। कालेलाई गोली हानेर प्रहरीले नियन्त्रणमा लिएको हानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले बताए।

डकैतीमा संलग्न तामाङलाई पक्राउ गर्न गएको टोलीलाई हतियार देखाएपछि कानुन अनुसार आत्मरक्षाको लागि आफूहरुले घुँडामुनि गोली हान्न बाध्य भएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ। उनको वीर अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको जनाइएको छ ।

तत्कालिन डिआइजीद्वय जयबहादुर चन्द र विश्वराजसिंह शाहीसहित बुढानिलकण्ठ एरियाका दर्जनौ घरमा श्रृंखलावद्ध चोरी र डकैती गरेको आरोपमा सिन्धुपाल्चोकको मेलम्चीका काले २०७२ सालमा ६ वर्ष जेल सजाय पूरा गरि छुटेका थिए। त्यसपछि पनि उनले फेरि चोरी, लुटपाट र डकैतीलाई नै पेशा बनाएर विभिन्न साता स्थानमा चारी गरेको प्रहरीको भनाई छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Violence during arrest/detention
Weapons Small arms
Primary Cause Law and Order Violence
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media

0 Comments